Kathmandu Press

नेपालको राष्ट्रिय सुरक्षामा बाह्य हस्तक्षेप बढेको छ : रावल

काठमाडाैं, असार १६ : नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले नेपालको राष्ट्रिय सुरक्षामा बाह्य हस्तक्षेप बढेको बताएकाे छ।रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको...
नेपालको राष्ट्रिय सुरक्षामा बाह्य हस्तक्षेप बढेको छ : रावल

काठमाडाैं, असार १६ : नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले नेपालको राष्ट्रिय सुरक्षामा बाह्य हस्तक्षेप बढेको बताएकाे छ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले बाहिरी हस्तक्षेप नरोके देशले कष्टकर दिन भोग्नुपर्ने समेत बताए।

रावलले नेपालले स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई बढावा दिनुपर्नेमा जोड दिए। रावलले एसपिपीमा नेपाल संलग्न नहुने भनेर सरकारले भनेपछि त्यस सम्बन्धमा लेखिएको पत्र सार्वजनिक गर्न माग गरे।

उनले संसद् र संसद्को अन्तर्राष्ट्रिय समितिले एसपिपीबारेका दस्तावेज माग गर्दा पनि सरकारले उपलब्ध नगराएको भन्दै आपत्ति जनाए। रावलले नेपाललाई सैनिक अड्डामा परिणत गर्ने काम कसैबाट पनि हुन नहुनेमा जोड दिए।

उनले सबै असमान सन्धि र सम्झौताबाट देशलाई मुक्त गर्नुपर्नेमा जोड दिए। यस्तै, रावलले आगामी आम निर्वाचनमा आफ्नो दल एक्लै निर्वाचनमा जाने स्पष्ट पारे। 

प्रकाशित मिति: १६:१८ बजे, बिहीबार, असार १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्