सत्य निरुपण र बेपत्ता आयोगको म्याद एक बर्ष थप
काठमाडौं, माघ २५ : राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक प्रमाण....
काठमाडौं, माघ २५ : राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक प्रमाणीकरण गरेकी छन् ।
संसदको दुबै सदनबाट पारित विधेयक राष्ट्रपतिले शुक्रबार प्रमाणीकरण गरेसँगै बेपत्ता र सत्य निरुपण आयोगको म्याद थप एक बर्ष बढेको छ ।
२०७१ माघमा गठन भएका यी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद एक वर्ष थप्ने शंसोधन विधेयकमा उल्लेख गरिएको छ ।
दुवै आयोगको म्याद भोली शनिबारदेखि सकिदै थियो ।
यो पनि पढ्नुहोस् :
आयोगको म्याद थपिँदै, न्यायको सम्भावना झन् क्षीण
प्रकाशित मिति: १५:५३ बजे, शुक्रबार, माघ २५, २०७५
थप समाचार






