Kathmandu Press

मुख्यमन्त्री पाण्डेलाई पदबाट हटाउन कांग्रेस र माओवादीका सांसदद्वारा हस्ताक्षर संकलन

काठमाडौं, असार १६ : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओावादी केन्द्रका सांसदहरुले हस्ताक्षर संकलन थालेका छन्।६ महिना...
मुख्यमन्त्री पाण्डेलाई पदबाट हटाउन कांग्रेस र माओवादीका सांसदद्वारा हस्ताक्षर संकलन

काठमाडौं, असार १६ : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओावादी केन्द्रका सांसदहरुले हस्ताक्षर संकलन थालेका छन्।

६ महिना पदमा रहने सहमति गरे पनि सरकार छाड्ने संकेत नदेखेपछि उनलाई दबाब दिन सो हस्ताक्षर संकलन थालिएको जनाइएको छ। पूर्वसहमति कार्यान्वन गराउन हस्ताक्षर अभियान सञ्चालन गरिएको नेपाली कांग्रेसका एक सांसदले बताए।

सत्ता गठबन्धनकै एउटा घटक नेकपा एकीकृत समाजवादीबाट गत कात्तिक ११ गते पाण्डे मुख्यमन्त्री बनेका हुन्। उनी सत्तामा जानुअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीबीच भएको लिखित सहमति केही समयअघि सार्वजनिक भएको थियो। 

उक्त सहमतिमा प्रदेशसभाका बाँकी कार्यकालमध्ये आधा अवधि पाण्डे र बाँकी आधा अवधिमा कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने भन्ने उल्लेख छ। 


 

प्रकाशित मिति: १५:४० बजे, बिहीबार, असार १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्