Kathmandu Press

जनताद्वारा निर्वाचित जनप्रतिनिधि रहने संसद लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ : प्रधानमन्त्री

काठमाडाैं, असार १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले जनताद्वारा निर्वाचित तथा अनुमोदित जनप्रतिनिधि रहने संसद लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको बताएका छन्।६४औं संसद दिवसका अवसरमा पूर्वसांसद...
जनताद्वारा निर्वाचित जनप्रतिनिधि रहने संसद लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ : प्रधानमन्त्री

काठमाडाैं, असार १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले जनताद्वारा निर्वाचित तथा अनुमोदित जनप्रतिनिधि रहने संसद लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको बताएका छन्।

६४औं संसद दिवसका अवसरमा पूर्वसांसद मञ्चद्वारा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताप्रति उत्तरदायी शासन व्यवस्थामा संसदीय लोकतन्त्र मात्र प्रभावकारी हुने बताए।

‘नेपालको राजनीतिक इतिहासमा संसदले महत्वपूर्ण निर्णय तथा घोषणाहरू गरेर शासनप्रणलीमा जनताको सर्वोच्चतालाई सिद्ध गर्दै मुलुकलाई लोकतान्त्रिक बाटोमा हिँडाउँदै आइरहेको छ,’ उनले भने।

पूर्वप्रधानमन्त्री एवं पूर्वसभामुख कृष्णप्रसाद भट्टराईको पहलमा २०५७ सालमा स्थापना भएको पूर्वसांसद मञ्चमा सबै पार्टीका पूर्वसांसदहरू आबद्ध रहेको बताउँदै उनले भने, ‘दलीय राजनीतिभन्दा माथि उठेर यो मञ्चले मुलुकमा लोकतान्त्रिक शासन प्रणालीको विकास र सुधाका लागि महत्वपूर्ण सल्लाहसुझाव प्रदान गर्दै आइरहेको छ।’

अनुभवी सांसदहरूको विचार र ज्ञानलाई समाजमा सम्प्रेषित गर्न साझा चौतारीका रूपमा काम गर्दै आइरहेको भन्दै प्रधानमन्त्री देउवाले पूवै सांसद मञ्चलाई धन्यवाद दिए। ‘मञ्चलाई सक्रियतापूर्वक जल्दाबल्दा राष्ट्रिय मुद्दाउपर रचनात्मक बहस तथा छलफल गरी सहयोग तथाल सरकारलाई रचनात्मक सुझा दिनेमा मैले विश्वास लिएको छु,’ उनले भने।

उनले अगाडि भने, ‘अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मानध्यमद्वारा दिगो शान्ति र सुशासन कायम गर्दै विकास का लािग अघि बढिरहेका छौं। हामी सबै मिलेर यस यात्रालाई चाँडै टुंगोमा पुर्‍याई नेपाललाई विकसित र समुन्नत राष्ट्रका रुपमा स्थापित गर्नु हामी सबकैको दायित्व हो।’  

गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगले भएको उल्लेख गर्दै उनले यसै वर्ष सम्पन्न हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन दपनि सोहि तरिकाले गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए। मुलुकमा लोकतान्त्रिक संसदीय शासन प्रणलीलाइृ मजबत बनाउन आवधिक निर्वाचनले मुख्य भूमिका खेल्ने विश्वास गर्दछु,’ उनले भने। 

उनले सम्पूर्ण जनप्रतिनिधिलाई राष्ट्रको सर्वोपरि हित, जनताको सुखसमृद्धि र संघीय लोकतान्त्रिका गणतन्त्रको रक्षार्थ अझै सक्रियताका साथ काम गर्न उनले आग्रह गरे।   

   

प्रकाशित मिति: १२:४४ बजे, बिहीबार, असार १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्