Kathmandu Press

एमाले अध्यक्ष ओलीलाई भेट्न वामदेव बालकोटमा

काठमाडौं, असार १६ : नेकपा एकता राष्ट्रिय अभियान पार्टीका अध्यक्ष वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान...
एमाले अध्यक्ष ओलीलाई भेट्न वामदेव बालकोटमा

काठमाडौं, असार १६ : नेकपा एकता राष्ट्रिय अभियान पार्टीका अध्यक्ष वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान ओलीलाई भेट्न वामदेव बालकोट पुगेका हुन्। 

बालकोटमा ओली र वामदेवबीच कुराकानी भइरहेको बताइएको छ। सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्केपछि वामदेव गौतम भने तटस्थ बसेका थिए। 

त्यसयता उनी कम्युनिस्ट पार्टीबीच एकता गर्ने अभियानमा छन् । नवगठित नेकपा एकता राष्ट्रिय अभियान पार्टीले कम्युनिस्ट पार्टीबीचको एकतालाई मुख्य उद्धेश्य बनाएको छ। 

एमाले अध्यक्ष अ‍ोलीले भने नेकपा विभाजनमा प्रचण्ड, माधव नेपाल र झलनाथ खनालसँगै वामदेव गौतमको पनि भूमिका रहेको बताउँदै आएका छन्। 

गौतमले भने आफू तत्कालीन नेकपालाई एकजुट बनाउने अभियानमा रहेको बताएका छन् ।

 

प्रकाशित मिति: १२:२७ बजे, बिहीबार, असार १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्