Kathmandu Press

‘मंसिरसम्म संघ र प्रदेशको निर्वाचन हुन्छ’

काठमाडौं, असार १६ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र आगामी मङ्सिरभित्र संघ र प्रदेशको निर्वाचन हुने बताएका छन्। उनले गराउने...
‘मंसिरसम्म संघ र प्रदेशको निर्वाचन हुन्छ’

काठमाडौं, असार १६ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र आगामी मङ्सिरभित्र संघ र प्रदेशको निर्वाचन हुने बताएका छन्। उनले गराउने दायित्व आफूहरुको रहेकाले आयोग सोको तयारीमा रहेको बताए।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्यक्रममा प्रमुख आयुक्त थपलियाले संघ र प्रदेशको निर्वाचन गराउने दायित्व आयोगको रहेको र सोबारे निर्णय हुन बाँकी रहेको बताए।

प्रमुख आयुक्त थपलियालेस्थानीय तहको निर्वाचनमा बाध्यतावश र सुरक्षाका कारणले मत गणनामा तारबार लगाउनुपरेको उल्लेख गर्दै लोकतन्त्रमा त्यस्तो गरिनु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरे। उनले स्थानीय तहको निर्वाचनमा कर्मचारीलाई दिइएको सुविधा बढी वा घटी नभई यथार्थपरक भएको स्पष्ट पारे।

आयोगले स्थानीय तह निर्वाचनबारे सातवटै प्रदेशमा समीक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ।

प्रकाशित मिति: ११:१८ बजे, बिहीबार, असार १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्