Kathmandu Press

फुटबल खेल्न नवयुग र भरत अमेरिका प्रस्थान

काठमाडौं, असार १६ : ए डिभिजन क्लब त्रिभुवन आर्मी क्लबका स्ट्राइकरद्वय भरत खवास र नवयुग श्रेष्ठ अमेरिका प्रस्थान गरेका छन्। फुटबल खेल्नका लागि...
फुटबल खेल्न नवयुग र भरत अमेरिका प्रस्थान

काठमाडौं, असार १६ : ए डिभिजन क्लब त्रिभुवन आर्मी क्लबका स्ट्राइकरद्वय भरत खवास र नवयुग श्रेष्ठ अमेरिका प्रस्थान गरेका छन्। फुटबल खेल्नका लागि भरत र नवयुग बिहीबार अमेरिका प्रस्थान गरेका हुन्।

उनीहरुले अमेरिकामा आयोजना हुने नेप्लिज अमेरिकन कन्भेन्सन फुटबल प्रतियोगिता खेल्न छन्। दुवै प्रतियोगिताको आयोजक लस एन्जलसमा आबद्ध छन्।

युनाइटेड नेप्लिज एसोसिएसनले आयोजना गर्ने पाँचौं संस्करणको प्रतियोगिता जुलाईमा हुनेछ ।

भरत खवासर अहिले राष्ट्रिय टिमबाट बाहिर छन् भने नवयुगले एएफसी एसियन कप छनोटमा नेपालको कप्तानी गरेका थिए ।

प्रकाशित मिति: ११:०९ बजे, बिहीबार, असार १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्