Kathmandu Press

बाढीको जोखिममा चितवनका ५० हजार परिवार

चितवन, असार १६ : बाढी–पहिरोका कारण चितवनमा ५० हजार बढी परिवार जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जिल्लाका ५० हजार ५...
बाढीको जोखिममा चितवनका ५० हजार परिवार

चितवन, असार १६ : बाढी–पहिरोका कारण चितवनमा ५० हजार बढी परिवार जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जिल्लाका ५० हजार ५ सय परिवार बाढी–पहिरोको जोखिममा छन्।

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्षाका कारण प्रभावित बन्ने छन् ।

बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने उनले बताए । उनका अनुसार भरतपुर महानगरपालिकामा ३० हजार परिवार प्रभावित बन्ने छन्।

यस्तै माडी नगरपालिकाका चार हजार ५ सय परिवार, रत्ननगरका पाँच हजार, कालिका नगरपालिकाका एक हजार ५०, खैरहनी नगरपालिकाका ३ सय २० र राप्ती नगरपालिकाका ११ परिवार प्रभावित हुने अनुमान छ ।

यसैगरी पहिरोका कारण भरतपुर महानगरपालिकाका ३ सय, कालिकाका १ सय, राप्तीका २ सय तथा इच्छाकामना गाउँपालिकाका १ सय २५ परिवार प्रभावित बन्ने अवस्था रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

बाढी र पहिराको खतरा बढेकाले सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी अशमान तामाङले आग्रह गरे। ‘नारायणी र राप्ती नदीका कारण जोखिम बढेको छ । जोखिम न्यूनीकरणको तयारीमा जुटेका छौं,’ उनले भने।

प्रकाशित मिति: १०:२० बजे, बिहीबार, असार १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्