Kathmandu Press

कञ्चनपुर र स्याङ्जामा घर भत्किँदा दुई बालिकाको मृत्यु

काठमाडौं, असार १६ : कञ्चनपुर र स्याङ्जामा घर भत्किँदा दुई जना बालिकाको मृत्यु भएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोखरी र स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा...
कञ्चनपुर र स्याङ्जामा घर भत्किँदा दुई बालिकाको मृत्यु

काठमाडौं, असार १६ : कञ्चनपुर र स्याङ्जामा घर भत्किँदा दुई जना बालिकाको मृत्यु भएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोखरी र स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा घर भत्कँदा २ बालिकाको मृत्यु भएको हो।

गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ। वर्षाका कारण डुबिन्डाँडाका ढाकाराम भट्टराईको घर नजिकै रहेको कच्ची धन्सार भत्किँदा सोही धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो ।

गम्भीर घाइते उनको गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए। सोही धन्सारमा सुतेका मृतकका दाजु १६ वर्षीय लक्ष्मण सामान्य घाइते भएका छन्।

यस्तै, कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको मृत्यु भएको छ।

बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन् । त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई छोडेर रोपाइ गर्न गएकी थिइन् । पानी परेपछि घर भत्किँदा च्यापिएर करिश्माको मृत्यु भएको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए।

घटनामा परेर सोही वडाका ४० वर्षीय मान्टे थारु र अर्जुन घाइते भएका छन् । दुवै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: १०:१२ बजे, बिहीबार, असार १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्