कांग्रेस उपसभापति गुरुङ ठूलो दुर्घटनाबाट जोगिए
काटमाडौं, असार १६ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटनाबाट जोगिएका छन्। उपसभपाति गुरुङ सवार गाडी बिहीबार बिहान रामेछापको गोगनेमा सामान्य दुघर्टना...
काटमाडौं, असार १६ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटनाबाट जोगिएका छन्। उपसभपाति गुरुङ सवार गाडी बिहीबार बिहान रामेछापको गोगनेमा सामान्य दुघर्टना भएको थियो।
बा १९ च १८३९ नम्बरको गुरुङ सवार स्कार्पियो गोगनेमा सडक किनारबाट थोरै तल झरेको उनले सामाजिक सञ्जालबाट जानकारी दिएका छन्। गाडी सडकबाट तल झरेपनि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको उनले उल्लेख गरेका छन्।
गाडीमा उपाध्यक्ष गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जनलगायत पाँच जना थिए । उनीहरु ओखलढुंगा घर भएका कांग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किंदै गरेको बताइएको छ।
‘ठूलो घटना हुनबाट जोगियो ! रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो, तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो,’ गाडीको फोटो राख्दै गुरुङ ट्वीट गरेका छन्, ‘भगवानको कृपाले हामी सबै सकुशल छौं।’
ठुलो घट्ना हुनबाट जोगियो!
— Dhan Raj Gurung (@dhanrgrg) June 30, 2022
रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकोले ठुलो घट्ना हुनबाट जोगियो।
भगवानको कृपाले हामी सबै सकुसल छौं। pic.twitter.com/L6KYIoRcjX











