रुप ज्योतिलाई अपमानजनक ढंगले पक्राउ गरिएको घटनाप्रति महासंघको आपत्ति
काठमाडौं, कात्तिक २६ : नेपाल निर्माण व्यवसायी महासंघले उद्योगपति तथा पूर्व अर्थराज्यमन्त्री डा. रुप ज्योति अपमानजनक ढंगले पक्राउ गरिएको भन्दै आपत....

काठमाडौं, कात्तिक २६ : नेपाल निर्माण व्यवसायी महासंघले उद्योगपति तथा पूर्व अर्थराज्यमन्त्री डा. रुप ज्योति अपमानजनक ढंगले पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ।
मंगलबार महासंघका महासचिव रोशन दाहालले विज्ञप्ति जारी गरी मुलुककै स्थापित उद्योगपति तथा पूर्व अर्थराज्यमन्त्री डा. ज्योति र उनकी छोरीलाई लेनदेन सम्बन्धी मुद्दा भए पनि ठगी मुद्दामा अपमानजनक ढंगले पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका हुन्।
ठगी मुद्दामा पक्राउ परेका उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। महासंघले तत्काल अदालतमा लगेर न्यायका लागि मार्ग प्रशस्त गर्न माग पनि गरेको छ। उसले भने पक्राउ पछि थुनछेकको म्याद थप गरिएबाट मुलुकको सिंगो निजी क्षेत्र मर्माहत तथा हतोत्साहित बन्न पुगेकाले जनाएको छ।
हजारौंलाई रोजगारी दिई मुलुकलाई प्रत्येक वर्ष ठूलो मात्रामा राजस्व बुझाउँदै आएका प्रतिष्ठित उद्योगपति र उनकी छोरीको पक्राउ प्रकरणले निजी क्षेत्रप्रति राज्यले गर्ने व्यवहार उदाङगो भएको दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारको अवधारणालाई मूर्त रुप दिन अहम् भूमिका खेल्ने निजी क्षेत्रका उद्यमी व्यवसायीलाई कानून परिपालनका क्रममा सम्मानजनक व्यवहार गर्न समेत महासंघले माग गरेको छ।
विज्ञप्ति हेर्नुस्:











-1754206481.jpg)
