Kathmandu Press

विपद् सतर्कता अपनाउन तयारीमा जुट्दै स्थानीय तह

जुम्ला, असार १६ : मनसुन थप सक्रिय हुन थालेपछि जुम्लाका स्थानीय तह विपद् सतर्कता अपनाउन जुटेका छन्।विपद् पूर्वतयारीमा जुट्न स्थानीय तहलाई जिल्ला प्रशासन...
विपद् सतर्कता अपनाउन तयारीमा जुट्दै स्थानीय तह

जुम्ला, असार १६ : मनसुन थप सक्रिय हुन थालेपछि जुम्लाका स्थानीय तह विपद् सतर्कता अपनाउन जुटेका छन्।

विपद् पूर्वतयारीमा जुट्न स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालयले अग्रह गरेको छ। प्राकृतिक प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरण तथा छिटोछरितो राहत उद्धार र पुनःस्थापनका लागि स्थानीयतह विपद् पूर्वतयारीमा लाग्नुपर्ने प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताइन्।

जिल्लाका आठवटै पालिकाले आगामी आवको बजेटमा समेत विपद् व्यवस्थापनका लागि १५ लाखदेखि ५० लाखसम्म बजेट विनियोजन गरेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा यहाँका स्थानीय तहका प्रमुख र उपप्रमुखले विपद् जोखिम न्यूनीकरणका लागि अन्तरपालिकाबीच प्रभावकारी समन्वय र सहकार्य गरिने प्रतिबद्धता गरेका छन्।

पूर्वसूचना, तत्काल जनशक्ति परिचालन, राहत उद्धार तथा पुनःस्थापनका लागि अन्तरपालिकाबीच हातेमालो गरिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए।

चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायतले विपद् पूर्वतयारीसँगै विपद् प्रतिकार्य योजना निर्माणमा जोड दिनुपर्ने बताए। हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको बताए। (रासस)

प्रकाशित मिति: ०७:२४ बजे, बिहीबार, असार १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्