आज पनि केही ठाउँमा भारी वर्षाको सम्भावना
काठमाडौं, असार १६ : मनसुनी वायुको प्रभावले आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर...
काठमाडौं, असार १६ : मनसुनी वायुको प्रभावले आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वर्षाको प्रभाव रहेको छ। यससँगै मनसुनी न्यून चापीय रेखा औसत भन्दा उत्तरतिर (नेपालको दक्षिणी भूभाग नजिक) रहेका वर्षाको सम्भावना छ।
अहिले देशभर सामान्य बदली रही रहेको छ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत संभावना रहेको छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ। देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ।
साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन, यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।











