Kathmandu Press

पर्खाल भत्किएर पुरिँदा पैदल यात्रीको मृत्यु

भक्तपुर, असार १६ : भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तपोल लाकुरीस्थित कान्छा श्रेष्ठको घरआँगनमा लगाएको १२ फिट अग्लो पर्खाल भत्किएर पुरिँदा एक जनाको मृत्यु भएको...
पर्खाल भत्किएर पुरिँदा पैदल यात्रीको मृत्यु

भक्तपुर, असार १६ : भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तपोल लाकुरीस्थित कान्छा श्रेष्ठको घरआँगनमा लगाएको १२ फिट अग्लो पर्खाल भत्किएर पुरिँदा एक जनाको मृत्यु भएको छ।

गएराति वर्षाका कारण पर्खाल भत्किएर पुरिँदा बाटोमा हिँडिरहेकी सोही ठाउँ बस्ने ६६ वर्षीया नारायणदेवी थापा पुरिएकी थिइन्। उनको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए।

घटनाका बारेमा महानगरीय प्रहरीवृत्त जगातीको टोलीले आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ। उनको शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाइएको पाण्डेले बताए।

प्रकाशित मिति: ०६:४० बजे, बिहीबार, असार १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्