Kathmandu Press

देशभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, असार १५  : जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन...
देशभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, असार १५  : जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेका छन्।

बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेका हुन्। उनले आगामी तीन दिन तराईका सबै जिल्लाहरूमा र गण्डकी प्रदेशमासमेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिनसक्ने चेतावनी दिए।

तराईका लगभग सबै खोलाहरुमा बाढी आउने भनेर पूर्वानुमान गरेका थियौं। सायद पूर्वदेखि पश्चिमसम्म अहिले भएको अवस्था छ। भोलिसम्मै तराईको लगभग सबै खोलाहरु र गण्डकी प्रदेशसम्म अझ भारी वर्षा हुने देखिएको बताईएको छ । ‘हिजो रातिदेखि हामीले धेरै खोलाहरुमा बाढी आउँछ भनेर म्यासेज गरेका थियौं। हिजो रातिदेखि १० लाख मानिसलाई एसएमएस गरेर खबर गरिसकेका छौं।

यो तीनदिन भारी वर्षा हुनेछ देशभर। भारी वर्षाका कारण खोलानाला बढ्न गई कुन–कुन खोला के हुन्छ भन्ने सम्बन्धित निकायलाई जानकारी गराइसकेको अवस्थामा हाम्रो एउटा अनुरोध चाहीँ के छ भने सबै निकायहरुलाई रेगुलर बुलेटिनबाहेक विशेष बुलेटिन निकालेको अवस्थामा चाहिँ शतर्क भइदिनुहोला। किनकी विशेष बुलेटिन भनेको चाहीँ हुन्छ भन्ने नै हो’, उनले भने। 

प्रकाशित मिति: २०:१३ बजे, बुधबार, असार १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्