Kathmandu Press

निजगढ विमानस्थल सम्बन्धमा न्यायाधीशहरुको राय बाझियो, यस्तो छ सर्वोच्चको पूर्णपाठ

उक्त इजलासमा न्यायाधीशबीच नै मत बाझिएको हो । तीनजना न्यायाधीशले विकल्प खोज्न भनेका छन् भने दुईजनाले  निजगढमै विमानस्थल बनाउन सकिने र उपयुक्त विकल्प खोज्नुपर्ने राय दिएका छन् । 
निजगढ विमानस्थल सम्बन्धमा न्यायाधीशहरुको राय बाझियो, यस्तो छ सर्वोच्चको पूर्णपाठ

काठमाडौं, असार १५ : निजगढ विमानस्थल सम्बन्धमा सर्वोच्च दिएको आदेशमाथि न्यायाधीशहरुको राय बाझिएको छ । पाँचजना न्यायाधीशको पूर्ण इजलासले जेठ १२ गते निजगढ विमानस्थलको विकल्प खोज्न आदेश दिएको थियो । 

उक्त इजलासमा न्यायाधीशबीच नै मत बाझिएको हो । तीनजना न्यायाधीशले विकल्प खोज्न भनेका छन् भने दुईजनाले  निजगढमै विमानस्थल बनाउन सकिने र उपयुक्त विकल्प खोज्नुपर्ने राय दिएका छन् । 

तीनजना न्यायाधीशहरु ईश्वर खतिवडा, विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउत विकल्प खोज्नुपर्ने पक्षमा छन् भने हरिकृष्ण कार्की र मनोज शर्माले निजगढमै विमानस्थल बनाउन उपयुक्त विकल्प खोज्न सकिने राय दिएका हुन् । 

सर्वोच्चले तत्कालीन समयमा निर्माण गरेको वातावरण प्रभाव मूल्यांकन खारेज गर्ने र उक्त स्थानको विकल्प खोज्नुपर्ने आशय फैसलाको दिन सुनाएको थियो। वन ऐन, नियम, कार्यविधिलगायतका विधिशास्त्रीय मान्यताअनुसार उपयुक्त विकल्प हेरेर विमानस्थल निर्माण गर्नु भन्ने परमादेश जारी गरिएको थियो। 

घना जंगल क्षेत्र मास्न नहुने भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र अधिवक्ता रञ्जुहजुर पाँडे क्षेत्रीले सरकारी निर्णय बदरको माग गरी २०७६ फागुन ७ गते रिट दायर गरेका थिए। 

प्रकाशित मिति: १८:३८ बजे, बुधबार, असार १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्