Kathmandu Press

अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि देशभर अनुगमन गरिन्छ : मन्त्री बडू

काठमाडाैं, असार १५ : सरकारले हरेक क्षेत्रमा भएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि देशभर एकीकृत रुपमा बजार अनुगमन गर्ने भएको छ।उद्योग वाणिज्य तथा आपूर्ति...
अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि देशभर अनुगमन गरिन्छ : मन्त्री बडू

काठमाडाैं, असार १५ : सरकारले हरेक क्षेत्रमा भएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि देशभर एकीकृत रुपमा बजार अनुगमन गर्ने भएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सबै तहको संयन्त्र परिचालन गरि एकै पटक एकै समयमा मूल्यवृद्धि नियन्त्रणका लागि एकीकृत अनुगमन गरिने जानकारी दिएका हुन्।

पेट्रोलियम पदार्थको मूल्यबृद्धिलाई बहाना बनाएर अस्वाभाविक मूल्यवृद्धि गर्नेमाथि अंशुक लगाउँदै जनतालाई राहत दिन एकीकृत अनुगमनको योजना बनाइएको उनले बताए।

मन्त्री बडूले खाद्यान्न, औषधि र अत्यावश्यक सेवाको मूल्यमा गरिएको मूल्य वृद्धिमाथि हस्तक्षेप गर्नुपर्ने र यसमा नियमक निकायसंगको पनि सहकार्य आवश्यक देखिएकाले जिल्ला अनुगमन अधिकारी, प्रहरीका साथै सबै पालिकाका प्रतिनिधिहरुसहितको संयुक्त टोलीले अनुगमन गर्ने जानकारी दिए।

उनले उपभोक्ताले थाहा पाउने गरि अनुगमनको जानकारी सात सात दिनमा सार्वजनिक गरिने बताए।

त्यस्तै मन्त्री बडूले पेट्रोलियम पदार्थको कर घटाउने कुरा अर्थमन्त्रालयको भएको भन्दै यसमा आवश्यक सहजीकरण समेत अर्थमन्त्रालयले नै गर्नुपर्ने स्पष्ट पारे।

प्रकाशित मिति: १८:३० बजे, बुधबार, असार १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्