Kathmandu Press

विपद् प्रभावितको उद्धार र पुनःस्थापनाका लागि तयार रहन गृहमन्त्रीकाे निर्देशन

विपद् प्रभावितको उद्धार र पुनःस्थापनाका लागि तयार रहन गृहमन्त्रीकाे निर्देशन

काठमाडाैं, असार १५ : गृहमन्त्री बालकृष्ण खाँणले विपद् प्रभावितको खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

बुधबार सिंहदरबारमा मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा गृहमन्त्री खाँणले विपद् जोखिम न्यूनीकरणका लागि पर्याप्त पूर्वतयारीसहित एकीकृत प्रयास गर्नुपर्ने भन्दै सवै प्रकारको तयारीमा रहन निर्देशन दिए।

विपद्का कारण सडक अवरुद्ध हुँदा भौतिक तथा आर्थिक विकासमा समस्या आउने भएकाले अवरुद्ध सडक तत्काल सञ्चालन गर्नेगरी उपकरणलाई तयारी अवस्थामा राख्न पनि उनले निर्देशन दिए।

उनले सबै निकायले एकीकृत ढङ्गबाट विपद्को सामना गर्नुपर्ने उल्लेख गरे। उनले जटिल खालका भौगोलिक बनावटका कारण हुने विपद् जीउधन र पूर्वाधारको सुरक्षाका लागि चुनौती भएको धारणा राखे।

बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्यूनीकरणका लागि एकीकृत रुपले परिचालन हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १८:२६ बजे, बुधबार, असार १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्