देशैभरि रोपाइँको रौनक (तस्बिरहरू)
बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धासम्म सबै खेतमा गएर राेपाइँमा सहभागी हुँदा धान दिवसले विशेष महत्व पाएकाे भान हुन्थ्याे।
काठमाडौं, असार १५ : आज असार १५ गते बुधबार अर्थात् राष्ट्रिय धान दिवस। असारलाई ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाका रूपमा लिइन्छ। त्यसमा पनि मध्य सार नेपालका अधिकांश स्थानमा रोपाइँ सुरू हुने बेला हो। त्यसकारण पनि असार १५ को विशेष महत्व रहेको छ।

आजको दिनमा दहीचिउरा खाने परम्परा पनि रहेको छ। त्यसकारण आज देशैभरि दहीच्युरा खाएर खेतमा काम गरेर धान दिवस मनाइएको छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहीच्युरा खान्छन्। यसबेला दहीच्युराले शरीरमा शीतलता प्राप्त भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।
.jpg)
सरकारले २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ दिवस मनाइएको हो।

नेपालमा १५ लाख हेक्टर जमिनमा बर्सेनि झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ। यसै अवसरमा सरकारले राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटार फार्म परिसरमा १९औं धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गर्यो। सो कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले मेसिनबाट रोपाइँ गरे।

प्रदेशका कृषिमन्त्रीहरूले पनि कोही किसनका खेतमै पुगेर कोही रोपाइँ महोत्सवमा सहभागी भएर धान दिवसलाई रौनकमय बनाए। विभिन्न दलका नेताहरू पनि धान दिवसको महत्वलाई सार्थकता दिन र किसानहरुमा उत्साह भर्न रोपाइँमा सहभागी भए। कतिपय विद्यालयले रोपाइँका लागि आफ्ना विद्यार्थीलाई खेतमा उतारे भने कतिपय संघसंस्थाका कर्मचारीहरूसमेत कार्यालयको कामलाई एकछिन थाती राखेर धान रोप्न सामूहिका रूपमा हिलोमा पसे। पाेखराका खेततिर विदेशी पर्यटकहरूले पनि राेपाइँमा खुबै रमाइलाे गरे।
वर्षाको पर्वाह नगरी कैतै बाजा बजाएर नाचगान गरेको, धानको बीउको माला लगाएर धान रोप्न जुटेको, आपसमा हिलो छ्यापेर रमाइलो गरेको, ठट्टा र हँसिमजाक गर्दै रोपाइँमा सहभागी भएको, डाेरी तान्नेलगायत विभिन्न खेलकाे आयोजना गरेकाे दृश्यले रौनकमय वातावरणकाे सिर्जना गरेको थियो। बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धासम्म सबै खेतमा गएर राेपाइँमा सहभागी हुँदा धान दिवसले विशेष महत्व पाएकाे भान हुन्थ्याे।

नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर रहेको विवरण केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ। त्यस्तै भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार मुलुकबाट जेठ मसान्तसम्म प्रमुख खाद्यान आयातमा अर्बौं रकम बाहिरिएको छ।
.jpg)
विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु. २७ अर्ब १२ करोड १ लाख २३ हजार मूल्य बराबरको ४९ करोड ३० लाख ८१ हजार ८०३ केजी चामल आयात भएको छ। त्यस्तै सोही अवधिमा रु १५ अर्बभन्दा बढीको धान आयात भएको छ।
.jpg)



.jpg)
.jpg)













(तस्बिरहरू : रासस)











