Kathmandu Press

मुलुकभर ६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १५ : नेपालमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।   देशभर गरिएको १ हजार ८ पिसिआर परिक्षणका क्रममा ५१ जना...
मुलुकभर ६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १५ : नेपालमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।   

देशभर गरिएको १ हजार ८ पिसिआर परिक्षणका क्रममा ५१ जना र ६ सय १२ एन्टीजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ४५ जना निको भएका छन् । 

हाल नेपालमा २ सय ६१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १७:२० बजे, बुधबार, असार १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्