कृषियोग्य जमिनको सदुपयोग गर्नुपर्छ : ओली
काठमाडाैं, असार १५ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कृषियोग्य जमिनको सदूपयोग गर्नुपर्नेमा जोड दिएका छन्।धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघले...
काठमाडाैं, असार १५ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कृषियोग्य जमिनको सदूपयोग गर्नुपर्नेमा जोड दिएका छन्।
धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघले बुधबार भक्तपुरमा आयोजना गरेको रोपाइँ कार्यक्रममा ओलीले कृषिप्रधान देश नेपालमा कृषिजन्य वस्तुको आयात धेरै हुनु दुखद विषय भएको भन्दै कृषियोग्य जमिनको सदुपयोग गर्नुपर्नेमा जोड दिएका हुन्।
उनले जमिनको प्लटिङका कारण नै कृषियोग्य जमिन मासिदै गएको जिकिर गरे। ओलीले धानका लागि जमिन हावापानी सबै अनुकूल रहेकाले उत्पादकत्व बढाउनुपर्ने उल्लेख गरे।
कार्यक्रममा ओलीले मेसिनका माध्यमबाट रोपाइँ गरेका थिए।
प्रकाशित मिति: १७:११ बजे, बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











