Kathmandu Press

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय 

काठमाडौं, असार १५ : सरकारले मध्यभोटेकोशी जलविद्युत आयोजनाको २२० केभी प्रसारण लाइनलाई वन क्षेत्र प्रयोग गर्न दिने भएको छ। 

मंगलबार बसेको मन्त्रिषरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो बताएका हुन्। यस्ता छन् सरकारले गरेका ९ निर्णय ः 

१. उपत्यकाभित्रका प्रशारण लाइन तथा सब स्टेशनहरुमा संरचनागत सुधार तथा स्तरोन्नती गर्नका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारवाही चलाउने अधिकारी तोक्ने। 

२. विभुषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोट हेरफेर गर्न स्वीकृत गर्ने । 

३. सशस्त्र प्रहरी दोस्रो संसोधन नियमावली २०७९ को मस्यौदा उपर लोकसेवा आयोगको परामर्श लिने

४. मध्यभोटेकोशी जलविद्युत आयोजनाको २२० केभी प्रशारण लाइनको वन क्षेत्र प्रयोग गर्न दिने। 

५. कार्बन उत्सर्जन न्यूनिकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने। 

६. भेडेटार स्काइवाकको निर्माणका लागि राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न दिने। 

७. महाकाली पुल आयोजना क्षेत्रमा रहेका रुखहरु हटाउने सम्बन्धमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा सितल साहु (पूर्वी धनुषा) लाई नियुक्ती गर्ने। 

८. निजामति सेवा पुरस्कार सिफारिस समितिको सदस्य तोक्ने।

९. श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरुको सेवा समूह र पद परिवर्तन गर्ने। 
 

प्रकाशित मिति: १६:१९ बजे, बुधबार, असार १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्