Kathmandu Press

‘कृषिमा आधुनिकीकरण आवश्यक छ’

तनहुँ, असार ५ : गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले कृषिमा आधुनिकीकरण हुन आवश्यक रहेको बताउनुभएको छ।बन्दीपुर गाउँपालिका–१ स्थित हरियाली कृषक समूहलाई आज ट्र्याक्टर हस्तान्तरणपश्चात्...
‘कृषिमा आधुनिकीकरण आवश्यक छ’

तनहुँ, असार ५ : गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले कृषिमा आधुनिकीकरण हुन आवश्यक रहेको बताएका छन्।

बन्दीपुर गाउँपालिका–१ स्थित हरियाली कृषक समूहलाई आज ट्र्याक्टर हस्तान्तरणपश्चात् उनले बाँझो जमिन नराखी जग्गालाई चक्लाबन्दी गरी व्यवस्थित तरिकाले कृषि खेती गर्नुपर्नेमा जोड दिए। 

पराम्परागत शैलीबाट माथि उठेर व्यावसायिक रुपमा कृषि क्षेत्रलाई अघि बढाउन सकिए आत्मनिर्भर बन्न सकिने उहाँले बताए। 'प्रदेश सरकारले के गर्नुपर्छ त्यसका लागि कुनै कन्जुस्याइँ हुनेछैन,' उनले भने, 'त्यसका लागि किसान जागरुक बन्न आवश्यक छ।'

प्रदेश सरकारको कृषि मन्त्रालयको ७५ र समूहको २५ प्रतिशत अनुदामा उक्त ट्र्याक्टर अनुदानमा प्रदान गरिएको हो । प्रदेश सरकार कृषि मन्त्रालयबाट रु २४ लाखको लागतमा उक्त ट्र्याक्टर प्रदान गरिएको  हो।

गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले पहाडी भागमा सुन्तला तथा कागती खेती गरी पाखाटारमा लिफ्टिङको व्यवस्था गरी सिँचाइ गर्न सकिए मात्रै कृषि क्षेत्रमा फड्को मार्न सकिने बताए। 

उक्त समूहमा एक सयभन्दा बढी सदस्य आबद्ध रहेको समूहकी अध्यक्ष अञ्जु श्रेष्ठले जानकारी दिए। प्राप्त भएको ट्र्याक्टरले सस्तो भाडा दरमा जमिन जोत्न प्रयोग गरिने उनले बताए। 

प्रकाशित मिति: १६:०९ बजे, बुधबार, असार १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्