कम्युनिस्ट आन्दोलनकाे बहस गर्ने उचित फोरम अहिलेसम्म बन्न सकेको छैन : खनाल
काठमाडाैं, असार १५ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा बहस गर्ने धेरै विषयहरु रहेको बताएका छन्।बुधबार ललितपुरमा वरिष्ठ...
काठमाडाैं, असार १५ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा बहस गर्ने धेरै विषयहरु रहेको बताएका छन्।
बुधबार ललितपुरमा वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै खनालले जहाँ उभियो त्यही नै बहस गरेर कम्युनिष्ट आन्दोलन अघि नबढ्नेसमेत बताए। उनले कम्युनिस्ट आन्दोलन बहस गर्ने उचित फोरम अहिलेसम्म बन्न नसकेको जिकिर गरे।
हतियार उठाएर मात्रै क्रान्ति नहुने भन्दै खनालले परिस्थितिको मूल्याङ्कन गरेर समाजलाई अघि बढाउन सकिने बताए। उहाले नेपाली आन्दोलनमा वामपन्थी नेता सिद्धिलालले गरेकाे योगदानको चर्चा गरे।
कार्यक्रममा एमालेका नेता घनश्याम भुसालले राजनीतिलाई नीजि र सजिलोे आयको माध्यम बनाउदा समस्या देखिएको बताए। उनले एमालेको बीउ, माओवादीको बीउ, समाजवादीको बीउहरु नउम्रिने रैगाने बीउ भएको भन्दै अव हाइब्रिड बीउको आवश्यकता रहेको तर्क गरे। यसअघिको नेकपा हाइब्रिड बीउ भएको भएपनि वुद्धि पुगेन भकारीमा आगो लगाइएको उहाको भनाइ छ।
कार्यक्रममा अन्य कम्युनिष्ट नेताहरुले कम्युनिष्ट आन्दोलनमा सिद्धिलाल सिंहले खेलेको भूमिकाको चर्चा गरेका थिए।











