Kathmandu Press

केरुङबाट काठमाडौं रेल आउँछ भन्नेमा मलाई विश्वास छैन : महामन्त्री शर्मा

काठमाडौं, असार १५ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केरुङबाट काठमाडौं रेल आउँछ भन्नेमा आफूलाई विश्वास नलागेको बताएका छन्।आमनिर्वाचन र भ्रामक सूचनाको प्रभावबारे नेपाल...
केरुङबाट काठमाडौं रेल आउँछ भन्नेमा मलाई विश्वास छैन : महामन्त्री शर्मा

काठमाडौं, असार १५ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केरुङबाट काठमाडौं रेल आउँछ भन्नेमा आफूलाई विश्वास नलागेको बताएका छन्।

आमनिर्वाचन र भ्रामक सूचनाको प्रभावबारे नेपाल प्रेस युनियनले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘कहिले पानीजहाज, रेलको कुरा गरिएको छ। केरुङबाट काठमाडौं रेल आउँछ भन्नु त्यस्तै एउटा भ्रामक सूचनाबाहेक केही होइन। मलाई चाँहि कहिल्यै केरुङबाट काठमाडौं रेल आउँछ जस्तो लाग्दैन। नेताहरूले यस्तो योजनालाई भोट तान्न जे पनि भन्न सक्छन् तर व्यवहारमै त्यो कति सम्भव छभन्ने बुझ्नु जरुरी छ।’  

निर्वाचनमा फैलाइने भ्रामक सूचनाले उच्च जोखिम हुने उनको भनाइ थियो। ‘अहिले भ्रामक सूचना यतिसम्म खतरनाक छ कि यसले कतिपयको ज्यान लिइरहेको छ भने कतिपय अवस्थामा मुलुकको विकास र सिंगो अर्थतन्त्रलाई नै प्रभावित पारिरहेको छ।’ हरेक मान्छेले कुन सूचना सही र कुन गलत भनेर छुट्याउन सक्नुपर्नेमा उनले जोड दिए।

एमसीसी पास भए अमेरिकी सेना आउँछ भनेर पनि भ्रामक प्रचार गरिएको उनले बताए। सञ्चारमाध्यमले कुन सूचना कस्तो हो भनेर छुट्याउन सक्नुपर्ने उनको भनाइ थियो। नेताले बोलेका सबै  कुरा सत्य नहुने उनले बताए। ‘नेताले जे बोल्छन्, त्यो सत्य हो भन्ने बुझ्नु गलत हो। नेताले बोलेको सूचना भने त्यसको प्रतिरोध गर्न सक्नुपर्छ। भ्रामक सूचनाले कसैको लाभ गर्दैन।’

राजनीतिक दल र नेताहरूले निर्वाचनका बेला बढी नै भ्रामक सूचनाको खेती गर्ने गरेको बताए। अघिल्लो सरकारले भ्रामक सूचना सम्प्रेषण हुँदा मुलुकलाई ठुलो क्षति पुगको र अहिलेको सरकार त्यस्तो अवस्थाबाट बचेको दाबी उनले गरे। ‘अघिल्लो सरकार आफैँले जनतामा भ्रामक सूचनाको प्रसार गर्ने काम गर्‍यो तर अहिलेको सरकारले जनतामा त्यस्तो भ्रम छर्ने काम गरेको छैन,’ उनले भने।

प्रकाशित मिति: १५:४५ बजे, बुधबार, असार १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्