चिनियाँ भन्सार नाकामा व्यवसायीलाई सहज आवतजावतकाे व्यवस्था गर्न आग्रह
काठमाडाैं, असार १५ : नेपाल राष्ट्रिय व्यवसायी महासंघले चीनसँग जोडिएका नेपाली भन्सार नाकामा नेपाली व्यवसायलाई सहज रुपमा आवतजावतको व्यवस्थाका लागि पहल गर्न आग्रह...
काठमाडाैं, असार १५ : नेपाल राष्ट्रिय व्यवसायी महासंघले चीनसँग जोडिएका नेपाली भन्सार नाकामा नेपाली व्यवसायलाई सहज रुपमा आवतजावतको व्यवस्थाका लागि पहल गर्न आग्रह गरेको छ।
बुधबार काठमाडौंमा चीनका लागि नेपालका नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठलाई बिदाइ एवं सम्मान गर्दै महासंघले केरुङ, तातोपानीलगायत नाकामा आवतजावतका लागि सहजीकरणका लागि पहल गर्न आग्रह गरेका हुन्।
सो क्रममा राजदूत श्रेष्ठले व्यवसायीलाई परेको समस्या आम देशवासीको समस्यालाई प्राथमिकतामा राख्ने बताउनुभयो। नाकाभित्र रहेका समस्या समाधान गरी नाकालाई सहज बनाउन आफ्नो प्रयत्न हुने उहाको भनाई छ। उहाले भिसा समस्या समाधानका लागि पनि आफुले छलफल गर्ने जिकिर गरे।
महासङ्घले चीनबाट आयात गरिने आधिकारीक ब्राण्डेड सामान तथा औषधिजन्य कच्चापदार्थको सहजीकरण गर्नुपर्ने, कृषिजन्य रासायनिक मल तथा बीउबिजनको आयातमा सहजीकरणका साथै व्यवसायीलाई सहज रुपमा भिसाका लागि पनि पहल गरिदिन आग्रह गरेको छ।











