Kathmandu Press

धान दिवस मनाइयाे

काठमाडाैं, असार १५ : आज असार १५ गते बुधबार अर्थात् धान दिवस। राेपाइँमा सहभागी हुनुका साथै अन्य विभिन्न कार्यक्रम गरेर याे दिवस मनाइएकाे छ। खासगरी...
धान दिवस मनाइयाे

काठमाडाैं, असार १५ : आज असार १५ गते बुधबार अर्थात् धान दिवस। राेपाइँमा सहभागी हुनुका साथै अन्य विभिन्न कार्यक्रम गरेर याे दिवस मनाइएकाे छ। खासगरी असार १५ मा खेतमा काम गरी दहीचिउरा खाएर मनाउने चलन छ।

सरकारले २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ दिवस मनाइएको हो।

नेपालमा १५ लाख हेक्टर जमिनमा बर्सेनि झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ। यसै अवसरमा सरकारले राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटार फार्म परिसरमा १९औं धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरेको थियो।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले मेसिनबाट रोपाइँ गरेका थिए। मन्त्री यादवले नेपालमा धान उत्पादनका लागि सधैं युरिया मल अभाव देखिएको बताए। उनले अन्तराष्ट्रिय बजारमा मलको मूल्यवृद्धि हुँदा नेपालमा मल आपूर्तिको समस्या देखिएको धारणा राखे। कृषि कारखाना स्थापना, मलको स्वचालित मूल्य वा जिटुटी नै सहज मल आपूर्तिको माध्यम भएको उनको भनाइ छ।

नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर रहेको विवरण केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ। त्यस्तै भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार मुलुकबाट जेठ मसान्तसम्म प्रमुख खाद्यान आयातमा अर्बौं रकम बाहिरिएको छ।

विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु. २७ अर्ब १२ करोड १ लाख २३ हजार मूल्य बराबरको ४९ करोड ३० लाख ८१ हजार ८०३ केजी चामल आयात भएको छ। त्यस्तै सोही अवधिमा रु १५ अर्बभन्दा बढीको धान आयात भएको छ।

प्रकाशित मिति: १२:३२ बजे, बुधबार, असार १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्