Kathmandu Press

पानीको बहाव बढेपछि कोसी ब्यारेजमा बालियाे रातो बत्ती

सुनसरी, असार १५ : लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। सप्तकोसीमा पानीको बहाव १...
पानीको बहाव बढेपछि कोसी ब्यारेजमा बालियाे रातो बत्ती

सुनसरी, असार १५ : लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। 

सप्तकोसीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक कटेपछि खतराको संकेतका रूपमा रातो बत्ती बाल्ने गरिन्छ। 

सप्तकोसीमा बुधबार पानीको बहाव १ लाख ५८ हजार १ सय २५ क्युसेक पुगेको जिल्ला प्रशासन कायार्लेलय सुनसरीले जनाएको छ। भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका ५६ ढोकामध्ये २१ वटा मात्र खोलिएका छन्। 
 
सबै ढोका नखोलेका कारण कोसी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको खेतीयोग्य जमिन र मानव बस्ती डुबानमा पर्नुका साथै श्रीलंका टापुको जमिन कटानमा पर्न थालेको स्थानीयले बताएका छन्।

हरेक वर्ष वर्षायाम लागेपछि सप्तकोसीमा बाढी आउने र समयमै सबै ढोका नखोलेने हुँदा आसपासका सर्वसाधारणको जनजीवन प्रभावित हुने गरेको छ।

प्रकाशित मिति: १२:२९ बजे, बुधबार, असार १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्