Kathmandu Press

गण्डकी प्रदेशसभाको बैठक बोलाउन एमालेको माग 

काठमाडौं, असार १५ : नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको छ। नेकपा एमाले संसदीय दलद्वारा आज आयोजित पत्रकार...
गण्डकी प्रदेशसभाको बैठक बोलाउन एमालेको माग 

काठमाडौं, असार १५ : नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको छ। 

नेकपा एमाले संसदीय दलद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभा अनिश्चित कालका लागि स्थगित गरिएको र आफूहरूले खोल्न गरिएको आग्रहलाई अस्वीकार गरिएको बताए। 

बजेट अधिवेशनमा आर्थिक वर्ष २०७९÷८० को बजेट छलफल गरी पारित गर्नुपर्नेमा सरकार गठबन्धनका दलबीच बजेटको भागबण्डामा अलमलिएको नेता गुरुङले आरोप लगाए। बजेट माथिको छलफल अर्थ विकास समितिमा गर्न खोजिएको भन्दै उनले यो संसदीय अभ्यास, विधि कानुन विपरीत भएको जिकिर गरे। उनले समस्याको चाँडो समाधान खोज्नुपर्नेमा समेत जोड दिए। 

प्रकाशित मिति: ११:५९ बजे, बुधबार, असार १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्