पार्टीका नयाँ मन्त्रीहरुलाई अध्यक्ष नेपालको प्रशिक्षण
काठमाडौं, असार १५ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट नवनियुक्त मन्त्रीहरुलाई प्रशिक्षण दिएका छन् । पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बुधबार बिहान...
काठमाडौं, असार १५ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट नवनियुक्त मन्त्रीहरुलाई प्रशिक्षण दिएका छन् । पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बुधबार बिहान चार मन्त्री र एक राज्यमन्त्रीलाई प्रशिक्षण दिएका हुन्।
उनले सरकारमा सहभागि भएपछि के गर्ने के नगर्ने भन्ने बारे नवनियुक्त मन्त्रीहरुर्लाइ प्रशिक्षण दिएका हुन् । यसअघि मन्त्री भएकालाई पनि अध्यक्ष नेपालले प्रशिक्षण दिएका थिए।
प्रशिक्षणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ , सहरी विकासमन्त्री मेटमणि चौधरी, श्रम तथा सामाजिक विकासमन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङका साथै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी सहभागी छन् ।
प्रकाशित मिति: ११:४५ बजे, बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











