Kathmandu Press

नेकपा एकीकृत समाजवादीले सम्पूर्ण शक्ति निर्वाचनमा लगाउने

काठमाडौं, असार १४ : नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचनमा सम्पूर्ण शक्ति लगाउने भएको छ । मंगलबार काठमाडौंमा सम्पन्न केन्द्रीय...
नेकपा एकीकृत समाजवादीले सम्पूर्ण शक्ति निर्वाचनमा लगाउने

काठमाडौं, असार १४ : नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचनमा सम्पूर्ण शक्ति लगाउने भएको छ । मंगलबार काठमाडौंमा सम्पन्न केन्द्रीय परिषद् बैठकले अवको दुई महिना पार्टीलाई सवै स्थानमा शसक्त बनाउदै सम्पूर्ण शक्ति प्रतिनिधिसभा र प्रदेश सभामा लगाउने निर्णय गरेको हो । 

बैठकले गठबन्धन भएमा गठबन्धन र नभए एक्लै निर्वाचनको तयारी गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए  । स्थानीय तहमा गठबन्धनका तर्फबाट भएका कर्मी कमजोरीलाई सच्चाउदै अघि बढ्नुपर्नेमा पार्टीको जोड रहेको उनको भनाई छ । उनले सवै बामपन्थीहरुलाई एकताका लागि पनि आह्वान गरेको प्रवक्ता खतिवडाले बताए  । बैठकले दैनिक उपभोग्य वस्तुको मूल्य अत्याधिक रूपमा बृद्धि भएको भन्दै दैनिक उपभोग्य वस्तुहरूको मूल्य नियन्त्रण गरी सुपथ मूल्यमा आपूर्ति गर्ने व्यवस्था मिलाउन र मल तथा बिउ बिजन आपूर्तिको व्यवस्था गनै माग गरेको छ । 

त्यस्तै राज्यका सबै अंगमा भ्रष्टाचार कमिसनतन्त्र र विचौलियाको दबदबा मौलाएको भन्दै राज्यका सबै अंग र तहहरूमा भ्रष्टाचारको छानविन गर्न र भ्रष्टाचारीहरूमाथि कारवाही गर्न माग गरिएको प्रवक्ता खतिवडाले जानकारी दिए । बैठकले सुकुम्बासी समस्या, नागरिकता बितरणमा देखिएका समस्या समाधान रर झाडा पखला रोकथामका लागि जनचेतना फैलाउन निरोधात्मक कार्य गर्न तथा विरामीहरूको उपचारको उचित व्यवस्था गर्न सरकारसंग माग गरेको छ । 

बैठकले सरकारले सत्ता गठबन्धनको निर्णय अनुरुप एसपीपी स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल संलग्न नहुने निर्णय सहितको पत्र संयुक्त राज्य अमेरिकालाई पठाएकोप्रति धन्यवाद व्यक्त गरेको छ भने कम्युनिष्ट आन्दोलनको रक्षा र समाजवादी क्रान्तिको लक्ष्यतर्फ अगाडि बढ्नका लागि एकतावद्ध हुन र एकीकृत पार्टी निर्माणको दिशामा अघि बढ्न अपिल गरेको छ ।  

प्रकाशित मिति: १९:३९ बजे, मंगलबार, असार १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्