Kathmandu Press

जनप्रतिनिधि अग्रपङ्क्तिका सिपाइ : उपमहासचिव ज्ञवाली

चितवन, असार १४ : नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले जनप्रतिनिधि आजको अग्रपङ्क्तिका सिपाइ भएको बताएका छन।एकहत्तरौँ मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशन...
जनप्रतिनिधि अग्रपङ्क्तिका सिपाइ : उपमहासचिव ज्ञवाली

चितवन, असार १४ : नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले जनप्रतिनिधि आजको अग्रपङ्क्तिका सिपाइ भएको बताएका छन।

एकहत्तरौँ मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशन चितवनले आज यहाँ आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र जनप्रतिनिधिको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले हिजोको लडाइँ लोकतन्त्रका लागि र आजको लडाइँ समृद्धिका लागि रहेको उल्लेख गरे।
 
एमाले चितवनका जनप्रतिनिधि सहभागी उक्त कार्यक्रममा उपमहासचिव ज्ञवालीले लोकतन्त्रको जगमा जनतालाई समृद्ध बनाउनुुपर्ने बताए। उनले भने, 'जनतालाई समृद्ध जीवन दिन सक्छौँ कि सक्दैनौ्ँ, आज हाम्रा सामुको अग्निपरीक्षा यही हो।' जनप्रतिनिधिलाई विकास र समृद्धिको संवाहक बन्न उनले आग्रह गरे।
 
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य देवी ज्ञवाली, केन्द्रीय सदस्य जेएन थपलिया, प्रभा बराल र कपिल पोखरेल, एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, जिल्ला समन्वय समितिका अध्यक्ष नारायण अधिकारी, फाउण्डेशनका जिल्ला अध्यक्ष डा तिलचन्द्र भट्टराई, उपाध्यक्ष शम्भु सुवेदी, सचिव श्याम विष्टलगायतले आ–आफ्नो धारणा राखेका थिए।
 
यसअघि उपमहासचिव ज्ञवालीले स्व भण्डारीको शव प्राप्त भएको भरतपुरको गाँजीपुरमा वृक्षरोपण गर्नुका साथै त्यहाँ रहेको उनको सालिकमा माल्यार्पण गरेका थिए।

प्रकाशित मिति: १९:१८ बजे, मंगलबार, असार १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्