बूढीगण्डकी परियोजना सम्पन्न गर्न कम्पनी खोल्ने सरकारको निर्णय
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा ऊर्जा मन्त्रालयको प्रस्तावमा यो निर्णय भएको हो ।
काठमाडौं, असार १४ : सरकारले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी परियोजना सम्पन्न गर्न कम्पनी खोल्ने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा ऊर्जा मन्त्रालयको प्रस्तावमा यो निर्णय भएको हो । ऊर्जा मन्त्रालयले बूढीगण्डकी आयोजना निर्माणका लागि कम्पनी मोडल तयार पारेको थियो ।
चिनियाँ कम्पनीलाई दिने यसअघिको सरकारको निर्णय गत वैशाखमा खारेज गर्दै सरकार आफैंले बूढीगण्डकी निर्माण गर्ने निर्णय भएको थियो ।
प्रकाशित मिति: १८:५४ बजे, मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











