सशस्त्रका ३७ जना डिएसपीलाई एसपीमा बढुवा गर्ने निर्णय
काठमाडौं, असार १४ : सशस्त्र प्रहरी बलका ३७ जना डिएसपीलाई सशस्त्र प्रहरी उपरिक्षक (एसपी) मा बढुवा गर्ने निर्णय गरिएको छ । गृह–सचिव टेकनारायण पाण्डेले...
काठमाडौं, असार १४ : सशस्त्र प्रहरी बलका ३७ जना डिएसपीलाई सशस्त्र प्रहरी उपरिक्षक (एसपी) मा बढुवा गर्ने निर्णय गरिएको छ ।
गृह–सचिव टेकनारायण पाण्डेले बढुवा समितिको सिफारिस अनुसार बढुवा, नियुक्ति गर्ने निर्णय गरेका हुन् ।
एसपी पदमा बढुवा हुनेहरुमा टोपबहादुर डाँगी, हस्त बहादुर गुरुङ, तुल बहादुर भण्डारी, सुमन थपलिया, जिवन केसी, धिरेन्द्र राज न्यौपाने, देव राज अर्याल, दिनेश मल्ल र उद्धव बहादुर रावल सहित ३७ जना रहेका छन् ।
प्रकाशित मिति: १८:३७ बजे, मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











