Kathmandu Press

ईमानदारितापूर्वक काम गर्ने नवनियुक्त सहरी विकासमन्त्रीको प्रतिवद्धता 

ईमानदारितापूर्वक काम गर्ने नवनियुक्त सहरी विकासमन्त्रीको प्रतिवद्धता 
फाइल तस्बिर

काठमाडौं, असार १४ : नवनियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले पदमा बसुञ्जेल देश र जनताको हित हुनेगरि ईमानदारितापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन्।  

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा सफल कार्यकालको शुभकामना कार्यक्रममा बोल्दै नवनियुक्त मन्त्रीले चौधरीले देशको विकासको लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नपनि आग्रह गरे । मुलुकमा ठूला–ठूला क्रान्ति र परिवर्तन भएको स्मरण गराउँदै उनले देश विकासको लागि अब सबैले ईमानदारितापूर्वक योगदान दिनुपर्ने बताए । उनले नेपालमा गलत काम गर्दापनि सपोर्ट गर्ने अनि राम्रो काम गरेको छ भने विरोध गर्ने परम्परा रहेको भन्दै सहीलाई सही र गलतलाई गलत भन्ने बानीको विकास गर्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले आफ्नो पार्टीले तत्काल मन्त्रीहरु फिर्ता बोलाउनेबारे कुनै छलफल र सोच नबनाएको स्पष्ट पारे। मन्त्रीहरुलाई राम्रोसँग काम गर्नको लागि समय दिनुपर्ने भन्दै छिटोछिटो मन्त्रीहरु हेरफेर गरेको विषयमा जनता पनि त्यति खुशी नभएको उनको भनाई छ । 

नेता शर्माले पालो पुर्याएर तीन÷तीन महिना र छ महिना सरकारमा सहभागी हुने पद्धतीलाई प्रोत्साहन गर्न नहुने धारणा राखे। त्यस्तै उनले संघ र प्रदेशको निर्वाचनमा गठबन्धनबीच सिटको बाँडफाँडमा पनि समस्या नहुने जिकिर गरे।

प्रकाशित मिति: १६:४३ बजे, मंगलबार, असार १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्