Kathmandu Press

बामदेव गाैतमले घाेषणा गरे नेकपा एकता राष्ट्रिय अभियान पार्टी

दलको कार्यसमितिमा अध्यक्षसहित १२ जना रहने बताएका छन्। अध्यक्ष, ७ उपाध्यक्ष, एक महासचिव, १ उपमहासचिव, १ कोषाध्यक्ष र एक सचिव रहनेछन्।
बामदेव गाैतमले घाेषणा गरे नेकपा एकता राष्ट्रिय अभियान पार्टी

काठमाडौं, असार १४ : नेकपा एमाले छाडेका बामदेव गौतमले नयाँ राजनीतिक दल खोलका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गौतमले आफ्नो नेतृत्वमा नयाँ राजनीतिक दल घोषणा गरेका हुन्। 

उनले दलको नाम नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान राखेका छन् । दलको कार्यसमितिमा अध्यक्षसहित १२ जना रहने बताएका छन्। अध्यक्ष, ७ उपाध्यक्ष, एक महासचिव, १ उपमहासचिव, १ कोषाध्यक्ष र एक सचिव रहनेछन्।

उनले गठन गरेको नेकपा एकता केन्द्रीय समन्वय समितिमा ७५ जना केन्द्रीय सदस्य राखेका छन्। गौतमले पत्नी तुलसा थापा गौतम र छोरा हरिषदेव गौतमलाई समेटेर केन्द्रीय सदस्यको सूची तयार पारेका हुन्। यो संख्या बढ्दै जाने उनले बताए।

सर्वोच्च अदालतले नेकपा विघटन गरेर एकता गरेका दुई दललाई पुरानै स्वरूपमा फर्काइदिएपछि उनी तटस्थ रहँदै आएका थिए।

गत प्रतिनिधि सभा चुनावमा बर्दियाबाट पराजित गौतमलाई तत्कालीन नेकपा सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको थियो।

प्रकाशित मिति: १६:१० बजे, मंगलबार, असार १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्