Kathmandu Press

विराटनगर र कटहरीमा बाढी : एकजनाको मृत्यु, १७५ परिवार विस्थापित 

अविरल वर्षाका कारण विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका छन्।
विराटनगर र कटहरीमा बाढी : एकजनाको मृत्यु, १७५ परिवार विस्थापित 

काठमाडौं, असार १४ : अविरल वर्षासँगै आएको बाढीकाले बगाएर मोरङमा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार सुन्दरहरैंचा–६ सिसौघचारीका ५५ वर्षीय रामबहादुर विकलाई बाढीले बगाएको हो । गछिया खोलाले बगाउँदै गरेको अवस्थामा बिहान विकको शव भेटिएको डिएसपी श्रेष्ठले जानकारी दिए। 

मंगलबार विहानदेखिको अविरल वर्षाका कारण विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका छन्। विराटनगर ८ मा २५ र विराटनगर २ मा २० परिवार विस्थापित भएको डिएसपी श्रेष्ठले जानकारी दिए। 

विराटनगरमा सिंगिया खोला बस्तीमा पस्दा खोला किनारमा बसोबास गर्दै आएका परिवार विस्थापित भएका हुन्। त्यस्तै कटहरी गाउँपालिका टाइगरटोलमा ६०, हनुमान मन्दिर एरियामा ४० र नारी विकास संघ एरियाका ३० परिवार विस्थापित भएका छन् ।

बाढीका कारण विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा सारिएको श्रेष्ठले बताए । वर्षा जारी रहेकाले खोला किनारका बस्तीहरुलाइ सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
 

प्रकाशित मिति: १५:४२ बजे, मंगलबार, असार १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्