Kathmandu Press

काठमाडौंमा रोहिंग्या शरणार्थीको विरोध प्रदर्शन

काठमाडौं, असार १४ : नेपालमा बसोबास गरिरहेका विभिन्न देशका शरणार्थीहरुले आर्थिक, सामाजिक, सांस्कृतिक लगाएतका अधिकारको सुनिश्चितताको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।  मंगलबार...
काठमाडौंमा रोहिंग्या शरणार्थीको विरोध प्रदर्शन

काठमाडौं, असार १४ : नेपालमा बसोबास गरिरहेका विभिन्न देशका शरणार्थीहरुले आर्थिक, सामाजिक, सांस्कृतिक लगाएतका अधिकारको सुनिश्चितताको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।  

मंगलबार काठमाडौंस्थीत संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोग (युएनएचसीआर) को कार्यालय अगाडि उनीहरुले बिभिन्न ११ बुँदे मागसहित विरोध प्रदर्शन गरेका छन् । उनहरुको मागको पहिलो बुँदामा मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघको विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकार सुनिश्चित गर्नुपर्ने रहेको छ। 

त्यस्तै नीजि बिद्यालयमा अध्ययनरत बिद्याथीहरुलाई सत प्रतिशत सहयोग गर्नुपर्ने र शरणार्थी बालबालिकाको अन्य अधिकार पनि सुनिश्चित गर्नुपर्ने उनीहरुको माग छ । उनीहरुले आफुहरुमाथिको भेदभाव अन्य गर्नुपर्ने माग समेत राखेका छन् । त्यस्तै घर फर्कन चाहनेलाई उचित वातावरण बनाइदिन पनि उनीहरुले माग गरेका छन् ।

 

 

प्रकाशित मिति: १४:५५ बजे, मंगलबार, असार १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्