Kathmandu Press

एमाले कैलाली जिल्ला अध्यक्ष रतन थापा जिम्मेवारीबाट हटाइए 

काठमाडौं, असार १४ : नेकपा एमालेले कैलाली जिल्ला अध्यक्ष रतन थापालाई जिम्मेवारीबाट हटाएको छ। सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले अध्यक्ष थापालाई अनुशासनको कारबाही गर्दै पदबाट...
एमाले कैलाली जिल्ला अध्यक्ष रतन थापा जिम्मेवारीबाट हटाइए 

काठमाडौं, असार १४ : नेकपा एमालेले कैलाली जिल्ला अध्यक्ष रतन थापालाई जिम्मेवारीबाट हटाएको छ। सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले अध्यक्ष थापालाई अनुशासनको कारबाही गर्दै पदबाट हटाउने निर्णय गरेको हो । 

स्थानीय तहको निर्वाचनमा जिल्लामा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सक्रिय रहेको भन्दै उनलाई अध्यक्ष पदबाट हटाइएको एमालेले जनाएको छ । उनको साधारण सदस्य भने कायमै रहनेगरी निर्णय भएको छ। 

बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय हो ।

प्रदेश कमिटीका सचिव धर्मराज पाठकका अनुसार जिल्ला कमिटीलाई साउन १५ गतेभित्र अध्यक्षको निर्वाचन गर्न पनि निर्देशन दिइएको छ ।

प्रकाशित मिति: १४:४६ बजे, मंगलबार, असार १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्