Kathmandu Press

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

काठमाडौं, कार्तिक २६ : एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिल....

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

काठमाडौं, कार्तिक २६ : एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ सेल्स् (पिओएस)÷खुद्रा बिक्रेतालाई पुरस्कार हस्तान्तरण गरेको छ। 

खुद्रा विक्रेताहरुले एक कार्यक्रमकाबीच  सोमबार सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ्ग मसिन उपहार पाएका छन् । रिजन डेरी (बसपार्क), ओम साई राम कम्युनिकेसन (मनमैजु), सार्प सोलुसन (कलंकी), टिआरएल इलेक्ट्रोनिक सप (नयाँबजार), एम.के स्टोर (सतुंगल), डिआर भिजन सेन्टर (ठमेल, पिपलबोट) र श्री पशुपति इन्टरप्राइजेज् (नयाँबजार) गरी सातवटा खुद्रा बिक्रेताहरुले यस योजना अन्तर्गत २४ क्यारेटको १—१ तोला सुन पुरस्कार पाएका छन् । यी पिओएस÷खुद्रा बिक्रेताले यो योजनाको ‘गोल्ड’ समुह अन्तर्गत सुन पुरस्कार जित्न सफल भएका हुन् । 

सिल्भर समुह अन्तर्गत चार खुद्रा बिक्रेताहरु राना स्टोर (मिलन टोल), एन.बि.टी मोबाइल मर्मत सेन्टर (जोरपाटी), राज इन्टरनेशनल ट्रेडर्स (सामाखुसी) र बिकी इलेक्ट्रोनिक्स् (इमाडोल) ले माउन्टेन बाइक साइकल जित्न सफल भएका छन् । त्यस्तै न्यू कन्काई स्टोर (नयाँ बानेश्वर) र सरस्वती खाद्य स्टोर (भैंसेपाटी) ले १—१ थान ल्याप जित्न सफल भएका छन् । यसै समुह अन्तर्गत दामोदर फ्रेम पसल (बालाजु) ले वासिङ्ग मसिन जितेका छन् । 

यस योजना अन्तर्गत यी १४ खुद्रा बिक्रेताहरुलाई एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्ग, प्रख्यात क्रिकेट खेलाडी सन्दिप लामिछाने, कलाकार प्रियंका कार्की र गायक शिव परियारले संयुक्तरुपमा सोमबार पुरस्कार हस्तान्तरण गरेका थिए ।

एनसेलले आफ्नो यस योजना अन्तर्गत पुरस्कार जित्न योग्य देशभरीका खुद्रा बिक्रेताहरुलाई पुरस्कार हस्तान्तरण गर्नेछ । एनसेलको यस योजनाले खुद्रा बिक्रेताहरुलाई उत्साह प्रदान गरेको र आफुहरु एनसेलसँग आवद्घ हुन पाएकोमा निकै खुसी रहेको पुरस्कार पाएका खुद्रा बिक्रेताहरुले बताए । 

एनसेलले आफ्ना देशभरी रहेका खुद्रा बिक्रेताहरुलाई लक्षित गरी ‘एनसेल सुपर सेलर’ योजना गत २०७५ चैत्र १ देखि लागु भएको थियो र यो योजना पुष २०७६ सम्म संचालनमा रहनेछ । यस योजनामा सामेल हुनका लागि खुद्रा बिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी (भर्चुअल फण्ड ट्रान्सफर) खरिद तथा बिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा अंक जम्मा गर्दै गई निश्चित अंक संकलन गर्नु पर्दछ । 

यस योजना अन्तर्गत खुद्रा बिक्रेताहरुले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज गरी चार प्रकारका समुह मध्य कुनै एक समुहमा आफुलाई सहभागी गराई  आकर्षक बम्पर उपहार जस्तै कार, युरोप टुर प्याकेज र आइफोन जित्न सक्नेछन् । 

बम्पर उपहार बाहेक खुद्रा बिक्रेताहरुले निश्चित अंक संकलन गरेपछि बाईक, स्कुटर, ५५ ईन्चको स्मार्ट टिभी, एअर कन्डिसनर, आईप्याड, ईलेक्ट्रिक ट्रेडमिल, वासिङ्ग मशिन र ल्यापटप लगायतका विभिन्न उपहारहरु जित्न सक्नेछन् ।
 

प्रकाशित मिति: १२:४६ बजे, मंगलबार, कात्तिक २६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्