विराटनगरस्थित सिंगिया खोलामा आएको बाढी बस्तीमा पस्यो, २५ परिवार विस्थापित

काठमाडौं, असार १४ : विराटनगर महानगरपालिका–८ को खोला किनारका बस्तीमा बाढी पसेको छ। अविरल वर्षासँगै सिंगिया खोलामा आएको बाढी बस्तीमा पस्दा २५ घरपरिवार विस्थापित भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बाढीका कारण बिस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । खोला किनारका अन्य बस्ती पनि बाढीको जोखिममा परेका छन् ।
सिंगियाको बाढीका कारण कटहरी १ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ । विराटनगर २ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ ।
प्रकाशित मिति: १२:३२ बजे, मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











