Kathmandu Press

दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी भएका नयाँ चार मन्त्रीको यो पहिलो मन्त्रिपरिषद् बैठक हो।
दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै
फाइल तस्बिर

काठमाडौं, असार १४ : प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटाराम दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने बताइएको छ । एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी भएका नयाँ चार मन्त्रीको यो पहिलो मन्त्रिपरिषद् बैठक हो।

एकीकृत समाजवादीको तर्फबाट चार मन्त्री र एक राज्यमन्त्री समेटेर प्रधानमन्त्री देउवाले आइतबार मन्त्रिपरिषद हेरफेर गरेका थिए । नवनियुक्त मन्त्रीहरुले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गर्दै कार्यभार पनि सम्हालिसकेका छन् ।

सरकारमा एकीकृत समाजवादीको तर्फबाट पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्री मेटमणि चौधरी, स्वास्थ्यमन्त्री भवानी खापुङ, श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी सहभागी छन् ।

प्रकाशित मिति: ११:५६ बजे, मंगलबार, असार १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्