Kathmandu Press

जसपाले पनि मन्त्री फिर्ता बोलाउने, नयाँ मन्त्री छान्ने जिम्मा उपेन्द्र यादवलाई 

काठमाडौं, असार १४ : जनता समाजवादी पार्टी (जसपा)ले पनि सरकारमा सहभागी आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सोमबार साँझ बसेको केन्द्रीय कार्यकारिणी समितिको...
जसपाले पनि मन्त्री फिर्ता बोलाउने, नयाँ मन्त्री छान्ने जिम्मा उपेन्द्र यादवलाई 

काठमाडौं, असार १४ : जनता समाजवादी पार्टी (जसपा)ले पनि सरकारमा सहभागी आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सोमबार साँझ बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो। 

बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष भने अनुपस्थित रहेको एक नेताले बताए। उनका अनुसार बैठकमा २० जना कार्यकारिणी सदस्यहरूको उपस्थिति थियो। 

बैठकले अब सरकारमा कसलाई मन्त्री बनाएर पठाउने जिम्मेवारी अध्यक्ष यादवलाई दिएको छ। जसपाबाट हाल सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव, कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव छन्।

एकीकृत समाजवादीबाट फेरिएका मन्त्रीले शपथ लिएकै दिन जसपाको उपेन्द्र पक्षले यस्तो निर्णय गरेको हो।

प्रकाशित मिति: ११:४७ बजे, मंगलबार, असार १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्