Kathmandu Press

वर्षाले विभिन्न शहरको हवाई उडान प्रभावित

काठमाडौं, असार १४: मनसुनी वायुको प्रभावले देशभर वर्षा हुँदा हवाई उडान प्रभावित भएको छ।प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको नेपाल...
वर्षाले विभिन्न शहरको हवाई उडान प्रभावित

काठमाडौं, असार १४: मनसुनी वायुको प्रभावले देशभर वर्षा हुँदा हवाई उडान प्रभावित भएको छ।

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

भारी वर्षाका कारण विराटनगर, पोखरा, भैरहवा, सुर्खेत र धनगढी विमानस्थल बन्द रहेको प्राधिकरणले जनाएको छ।

त्यस्तै, काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

देशका विभिन्न भागमा वर्षा भइरहेको छ। सोमबारदेखि मनसुनी वायु देशभर पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रकाशित मिति: ०८:३५ बजे, मंगलबार, असार १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्