पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
धनगढी, असार १४ : कैलालीको लम्की चुहा नगरपालिकामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार लम्कीचुहा नगरपालिका ८ का लालबहादुर...
धनगढी, असार १४ : कैलालीको लम्की चुहा नगरपालिकामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार लम्कीचुहा नगरपालिका ८ का लालबहादुर विष्टकी छोरी ७ वर्षीया आश्रिया विष्ट र भीमबहादुर कुवँरकी छोरी ६ वर्षीया छोरी भावना कुवँरको मृत्यु भएको हो।
उनीहरु स्थानीय बडिमालिका इटाभट्टा पछाडि खेलिरहेका थिए। एकाएक पोखरीमा डुबेको अवस्थामा भेटिएका थिए।
उनीहरुको उद्धार गरिएको थियो। तर, बचाउन नसकिएको स्थानीय बासिन्दाले बताएका छन्।
प्रकाशित मिति: ०७:५८ बजे, मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











