Kathmandu Press

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन, असार १४ : वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ।जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान २ः४५ बजे भरतपुर...
पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन, असार १४ : वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान २ः४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो।

लेदो हटाएर बिहान ५ः१० बजे दुइतर्फी पुनः सञ्चालन गरिएको थियो। तर, ६ः१० बजे फेरि लेदो झरेको थियो।

त्यो पनि हटाएर ६ः३० बजेदेखि दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए।

वर्षा हुन थालेसँगै यो सडकमा पहिरो जाने गरेको छ। गत एक महिनामा पटकपट पहिरोले अवरुद्ध भइसकेको छ।

प्रकाशित मिति: ०७:३७ बजे, मंगलबार, असार १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्