Kathmandu Press

छोराद्वारा धारिलो हतियार प्रहार गरी आमाको हत्या

काठमाडौं, असार  १३  : माडी नगरपालिका–६ मा छोराले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन् ।स्याउलीबास निवासी ३६ वर्षीय अर्जुन तामाङले आज...
छोराद्वारा धारिलो हतियार प्रहार गरी आमाको हत्या

काठमाडौं, असार  १३  : माडी नगरपालिका–६ मा छोराले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन् ।

स्याउलीबास निवासी ३६ वर्षीय अर्जुन तामाङले आज दिउँसो ५५ वर्षीया आमा मायादेवी तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

छोरा अर्जुनले आफ्नै मकैबारीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिए । उनका अनुसार मकैबारीमा काम गरिरहेको समयमा अर्जुनले पछाडिबाट धारिलो हतियार प्रहार गरेका हुन् ।

छोरा अर्जुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए  ।

प्रकाशित मिति: २०:०७ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्