Kathmandu Press

नागरिकता विधेयक छिटो सदनबाट पारित गराउन सरकार प्रयत्नसशील : गृहमन्त्री खाण

काठमाडाैं, असार १३ : गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक छिटो सदनबाट पारित गराउन सरकार प्रयत्नसशील रहेको बताएका छन्।राष्ट्रियसभामा सोमबार विनियोजन विधेयकमाथि उठेका प्रश्नको...
नागरिकता विधेयक छिटो सदनबाट पारित गराउन सरकार प्रयत्नसशील : गृहमन्त्री खाण

काठमाडाैं, असार १३ : गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक छिटो सदनबाट पारित गराउन सरकार प्रयत्नसशील रहेको बताएका छन्।

राष्ट्रियसभामा सोमबार विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाणले विधेयक अघि बढाउने सन्दर्भमा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग छलफल भइरहेको र यसलाई छिटो सदनबाट पारित गराउन सरकार प्रयत्नसशिल रहेको बताएका हुन्।

उनले हाल नागरिकता प्राप्त गर्न नसकेका युवाका बारेमा केही सिफारिसपत्र तयार पारेर उनीहरूलाई नागकिरले प्राप्त गर्ने सवै अधिकार प्रदान गर्न लागिएको पनि बताए। गृहमन्त्री खाणले डडेलधुराकी जमरानीया आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत अस्मिता धामीको मृत्युको घटनामा अनुसन्धान जारी रहेको सदनलाई जानकारी दिए।

यस्तै निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीको लामो समयदेखि खोजी कार्य भइरहेको र प्रहरीले बहुआयामिक ढङ्गले अनुसन्धान गरिरहेको उनले जानकारी दिए। उनले विपद् व्यवस्थापनसम्बन्धी आवश्यक तयारी गरिएको र पूर्व तयारी, उद्धार, राहत तथा पुनःस्थापनका लागि सवै निकायलाई तयारी अवस्थामा राखिएको जानकारी दिए।

मन्त्री खाणले संसद्, कूटनीतिक नियोग, प्रधानमन्त्री, राष्ट्रपतिको कार्यालयसहति संवेदनशील निकाय रहेकाले कुनै झन्झट नहोस् भनेर सङ्घीय सरकारले नै सुरक्षा लिनुपर्ने आवश्यकता रहेको बताए। 

प्रकाशित मिति: १८:२४ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्