Kathmandu Press

घुस बार्गेनिङ अडियाे प्रकरण : न्यायाधीश राजकुमार कोइराला निलम्बित

काठमाडौं, असार १३ : व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन घुस बार्गेनिङको वार्तालाप प्रकरण मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन्।न्यायाधीश...
घुस बार्गेनिङ अडियाे प्रकरण : न्यायाधीश राजकुमार कोइराला निलम्बित

काठमाडौं, असार १३ : व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन घुस बार्गेनिङको वार्तालाप प्रकरण मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन्।

न्यायाधीश  कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घुस लेनदेन गर्ने विषयको अडियो बाहिरिएपछि न्यायपरिषद बैठकले छानबिन समिति गठन गर्नेबारेको सूचना आज (सोमबार) राजपत्रमा प्रकाशित भएको छ। 

राजपत्रमा सूचना प्रकाशित भएपछि उनी निलम्बनमा परेका हुन्। घुस लेनदेनको विषयमा भएको टेलिफोन संवादले कोइरालाले आचरण र कर्तव्यको इमानदारीपूर्वक पालना नगरेको लगायत विषयमा छानबिन गर्न समिति बनाइएको सूचनामा उल्लेख छ। 

न्यायपरिषदका सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा बनेको छानबिन समितिमा उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेल सदस्य छन्। समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएके छ।

कोइरालाले भने आफूले कुनै पनि बार्गेनिङ नगरेको दाबी गर्दै आएका छन्। उनले उक्त अडियोबारे छानबिन गर्नसमेत माग गरेका छन्।
 

प्रकाशित मिति: १७:५५ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्