नवनियुक्त श्रममन्त्री कुँवरद्वारा मन्त्रालयकाे बजेट कार्यान्वय योजना स्वीकृत
काठमाडाैं, असार १३ : नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आगामी आवका लागि मन्त्रालयका नीति, कार्यक्रम र बजेट कार्यान्वय गर्ने कार्ययोजना...
काठमाडाैं, असार १३ : नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आगामी आवका लागि मन्त्रालयका नीति, कार्यक्रम र बजेट कार्यान्वय गर्ने कार्ययोजना स्वीकृत गरेका छन्।
सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि पहिलो निर्णयका रुपमा उनले आर्थिक वर्ष २०७९/८० का लागि निर्धारित लक्ष्य हासिल गर्न अख्तियार गरिएका कार्यक्रमका कार्ययोजना स्वीकृत गरेका हुन्।
नवनियुक्त मन्त्री कुँवरले यसअघिको नेतृत्वले थालेका सुधारका योजनालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
श्रममन्त्री कुँवर नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय सदस्य, संगठन विभागको सदस्यका साथै सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष छन्।
प्रकाशित मिति: १७:४५ बजे, सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











